Comments Add Comment

Advertisment

SKIP THIS

बेइजिङमा कोरोना सङ्क्रमण बढ्दो

९ पुष , काठमाडौं । चीनको राजधानी बेइजिङ लगायत ठूला सहरमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेका प्रतिबन्ध हटाइएको दुई हप्तापछि चीनमा पुनः महामारी बढ्न थालेको हो ।

चीनमा कोरोना रोकथामका लागि लागू भएका प्रतिबन्धविरुद्ध प्रदर्शन भएपछि प्रतिबन्ध फुकुवा गरिएको थियो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पछिल्लो समय चीनका अस्पताल सङ्क्रमितले भरिन थालेका समेत जनाएको छ ।

जाडो याममा श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले बेइजिङमा कोभिडको गम्भीर सङ्क्रमण बढ्दै गएको स्वास्थ्य विज्ञले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै