Comments Add Comment

Advertisment

SKIP THIS

एमाले केन्द्रीय कमिटी बैठक बस्दै : के हुँदैछ निर्णय ?

१२ कार्तिक, काठमाडौ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (शुक्रवार) बस्दै छ ।

आज बिहान ११ बजे सुरु हुने बैठकले हिजो ९बिहीबार०को स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । उनकाअनुसार हिजोको बैठकले चयन गरेको महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड आज अनुमोदन गरिनेछ ।

साथै बैठकले कात्तिक ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको समीक्षाका साथै दसौँ राष्ट्रिय महाधिवेशनको बारेमा आवश्यक निर्णयसमेत गर्नेछ ।

त्यस्तै दसौँ राष्ट्रिय महाधिवेशन स्थल चितवनमा पुगेर फर्केका मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले आजको बैठकमा ‘ब्रिफिङ’गर्ने बताइएको छ।

एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुँदै छ। नारायणी किनारमा उद्घाटन र सौराहामा बन्द सत्र हुने जनाइएको छ । यो महाधिवेशनमा १५ सय ३६ जना प्रतिनिधि सहभागी हुने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै