१० पुष , काठमाडौं । सरकारका प्रवक्ता तथा कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले देशमा गठबन्धन अझै आवश्यक रहेको बताएका छन् ।
बालुवाटारमा गठबन्धन दलको छलफलछि प्रतिकृया दिँदै नेता कार्कीले देशमा गठबन्धनको आवश्यकता अझै रहेकाले गठबन्धन आवद्ध दलहरुबीच छलफल जारी रहेको दाबी गरे ।
तर, गठबन्धनको बैठक चलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल भने बाहिरिएका छन् ।
नेता कार्कीले केही बेरमा पुनः बैठक बस्ने प्रतिक्रिया दिए । कार्कीले भने– ‘केही समय ब्रके भएको हो । गठबन्धनको बैठक केही बेरमा बस्छ । देशमा गबन्धनको आवश्यकता छ । त्यसका लागि हामी तत्पर छौं ।’



