Comments Add Comment

Advertisment

SKIP THIS

माधव नेपालले बोलाए पदाधिकारी बैठक

१० पुष , काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पदाधिकारी बैठक बोलाएका छन् ।

सत्ता गठवन्धनमा सहमति नभएपछि प्रधानमन्त्री निवास बालुवाटारबाट निस्किएलगत्तै नेपालले पदाधिकारी बैठक बोलाएर छलफल जारी राखेका छन् ।

नेकपा (माओवादी केन्द्र) गठबन्धन टुटेको भन्दै एमालेसँग संवाद अघि बढाएपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा उपलब्ध पदाधिकारिहरुको बैठक भर्खरै सुरु भएको एक नेताले जानकारी दिए ।

बैठकमा नेपालसहित उपाध्यक्ष राजेन्द्र पाण्डे,महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, किसान श्रेष्ठ, मेटमणि चौधरी, विजय पौडेल लगायत नेताहरू सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै