Comments Add Comment

Advertisment

SKIP THIS

सुरक्षा कारबाहीमा ७१ तस्कर मारिएको नाइजेरिया प्रहरीको दाबी

१२ कार्तिक, काठमाडौ । नाइजेरियाको राष्ट्रिय प्रहरीले गएको दुई हप्तायता डाँकू तथा तस्करका विरुद्धमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ७१ जनाको मृत्यु भएको छ ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो । प्राप्त समाचारअनुसार सो कारबाहीका क्रममा अरु कैयौँ डाँकूलाई नियन्त्रणमा लिएर थुनामा राखिएको छ ।

प्रायः तस्कर र डाँकूहरुले दुःख दिने गरेको नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा सो कारबाही गरिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार त्यस क्षेत्रमा प्रहरीले अक्टोबर १४ तारिखदेखि यस्तो कारबाही गरेको हो ।

पत्रकार सम्मेलनका क्रममा सेना तथा प्रहरीको संयुक्त फोर्सका तर्फबाट कुनै स्थानमा सेना तथा प्रहरी समेतको कारबाहीका क्रममा ती डाँकूहरु मारिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै