Comments Add Comment

Advertisment

SKIP THIS

थप ६ जनामा कोरोना संक्रमण

०४ जेठ , काठमाडौं । नेपालमा बुधबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ८ सय ५६ पिसिआर परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ६ सय १७ एन्टीजेन परीक्षणका क्रममा भने कसैमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय २९ जना निको भएका छन् ।

हाल नेपालमा १ सय ४७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment