Comments Add Comment

Advertisment

SKIP THIS

दीपकराज गिरीकाे व्यंग्य – ‘बार’को अगाडि ‘रेष्टुरेन्ट’ पनि थप्नुपर्ने हो कि

१२ कार्तिक, काठमाडौ । नेपाल बार एशोसिएसन परिसरमा शुक्रबार दुई कानून व्यवसायीबीच कुटाकुट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो ।

प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै न्यायधीशहरुले इजलास बहिस्कार गरेपछि यही विषयमा भनाभन हुँदा दुई कानून व्यवसायीबीच हात हालाहालको अवस्था आएको हो ।

यही विषयमा केन्द्रीत रहेर अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमा एक स्टाटस लेखेका छन् । उनले अब ‘बार’को अगाडि ‘रेष्टुरेन्ट’ शब्द पनि थप्नुपर्ने हो कि भन्ने सुझाव दिएका छन् ।

‘कानून व्यवसायीहरू को संस्था ‘बार’ को अगाडि ‘रेष्टुरेन्ट’ शब्द पनि थप्ने हो कि रु त्यसपछि रेष्टुरेन्ट एन्ड बार हुन्थ्यो । त्यसपछि जति कुटाकुट गरे पनि हुन्थ्यो १११’, उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै