Comments Add Comment

Advertisment

SKIP THIS

अत्याधिक धूँवा फाल्ने १३ सवारी साधन कारवाहीमा

१३ पुष , काठमाडौं । काठमाडौंको कलंकीमा गरिएको विशेष चेकिङका क्रममा अत्याधिक धूँवा फाल्ने १३ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको छ ।

अत्याधिक धूँवा फाल्ने १० वटा पिकअप भ्यान, भाडाको बस, माइक्रो र ट्रक एक-एक वटा गरी १३ वटा सवारी साधन कारवाहीमा परेको काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार वातावरण विभाग बबरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले मंगलबार कलंकीमा ४० वटा सवारी साधनलाई चेक गर्दा १३ वटा कारवाहीमा परेका हुन् ।

सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ । अत्याधिक धूँवा फाल्ने सवारी साधन चलाउँदा वायु प्रदुषण हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पुर्ण चालकलाई प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक भट्टले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै