Comments Add Comment

Advertisment

SKIP THIS

प्रदुषण तथा यान्त्रिक चेकिङ्गमा ३८ ओटा सवारी साधन कारवाहीमा

१४ पुष , काठमाडौं । काठमाडौँको किर्तिपुर र चावहिलमा बुधबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका तथा अत्याधिक धूँवा फाल्ने ३८ ओटा सवारी साधनका चालकलाई कारवाही गरिएको छ । अत्याधिक धूँवा फाल्ने १५ ओटा र यान्त्रिक अवस्था ठिक नभएका २३ ओटा सवारी साधनका चालक कारवाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ । वातावरण विभाग बबरमहल तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले किर्तिपुमा ४५ ओटा सवारी साधनलाई चेक गर्दा अत्याधिक धूवा फाल्ने १५ ओटा कारवाहीमा परेका हुन् ।

त्यस्तै दक्ष तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा काठमाडौँको चावहिलमा गरिएको ११३ ओटा सवारी साधन चेकिङमा हेण्डब्रेक नभएका, लाईटहरु दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका २३ ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको हो । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ । अत्याधिक धूँवा फाल्ने तथा अवस्था ठिक नभएका सवारी साधन चलाउँदा वायु प्रदुषण हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पुर्ण चालकलाई प्रवक्ता एवम्प्र हरी वरिष्ठ उपरीक्षक भट्टले अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै