Comments Add Comment

Advertisment

SKIP THIS

टुँडिखेलमा तमु ल्होसारको रमझम (फोटोफिचर)

१५ पुष , काठमाडौं । आज गुरूङ समुदायले देशभर धुमधामका साथ तमु ल्होसार मनाउँदै छन् । हरेक वर्षको पुस १५ गते तमु ल्होसार मनाइने गरिएको हो । तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

काठडमाडौं उपत्यका र आसपासमा बसोबास गर्दै आएका गुरुङ समुदायले टुँडीखेलमा जम्मा भएर ल्होसार मनाएका छन् । टुँडिखेलमा आयोजित ल्होसार कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । त्यसैले तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्।

यो पर्व गुरुङ समुदायले ‘तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ‘हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर ल्होसार मनाएका छन् । तमु ल्होसारका अवसरमा शुक्रबार राजधानीमा विभिन्न झाँकीसहित ¥याली निकालिएको छ । -तस्बिर/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै