
१३ कार्तिक , काठमाडौ । नेपालिहरुको महान चाड तिहारको सु -अबसरमा यहि आउने १८ गते लक्ष्मी पुजाको दिन हाम्रो काभ्रे सिन्धुपाल्चोक अन्लाईन रोधी घरद्वारा कला र गलाको सम्मान हाम्रो अभियानू भन्ने नाराको साथ कला र सस्कृतिको जगेर्न, तार्केस्वोर पर्यटनलाई प्रबर्द्धन, रसुवा जिल्लाको झाक्री नाच र रसुवाको मौलिक गित संगीतलाई प्रचार प्रसार गर्ने लक्ष्यका साथ हास्य सेरियल बढो बिजोक र रसुवा एकता समाजले संयुक्तमा बृहत् तिहार सास्कृतिक महोत्सव २०७८ आयोजना गरिने भएको छ ।


यो संगै रसुवा एकता समाजका अध्यक्ष डिल्लिराज तामाङ ज्यु ले यस कार्यक्रमको ब्यबस्थापनमा साथ दिदै काठ्मान्डौमा बसोबास गर्ने रसुवाबासी र रसुवाको कला र सस्कृतीलाई भुल्न हुदैन हामी जहाँ रहे पनि आफ्नो परम्परा लाई निरन्तरता दिने उदेश्यले कार्यक्रम गरेको भनी हामीलाई बताउनु भयो ।


तार्केस्वोर ०३ तिनपिप्लेमा कोरोनाको चपेटाले गर्दा कुनै कार्यक्रम नभएको र लामो समय पछि कार्यक्रम गर्न लागेको भन्दै कार्यक्रमको मुख्य संयोजक उत्तम अर्याल कोदे ज्यु ले खुशी ब्यक्त गर्नु भयो भने बढो बिजोक का डाइरेक्टर ग्याम्जो लामाले कार्यक्रम भब्य र सब्य हुने भनेर जानकारी दिनु भयो ।
कार्यक्रममा चर्चित सामाजीक अभियन्ता पुन्य गौतम , हास्य कलाकार सुरबिर पन्डित, इन्द्र दोङ लामा , उत्तम अर्याल कोदे , किशोर भन्डारी, ग्याम्जो लामा,शिबहरी बैरागी,लक्ष्मिनाथ तिमल्सिना , गायक संगम थापा,प्रियजन राई ,प्रतिमा अर्याल , प्रसिद्ध युजस ट्याटु ,राजु झकास (वाइबा डन) ,प्रताप स्याङ्तान लगायत नया तथा पुराना कलाकार हरुको बेजोड प्रस्तुती रहने छ ।








