Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले बोलाए मन्त्रालयका सचिवहरूको बैठक

१८ पुष , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन् । उनले मन्त्रालयको अवस्थाबारे जानकारी लिन बिहान ११ बजे सिंहदरबारमा सचिवहरुको बैठक बोलाएका हुन् ।

बैठकमा मन्त्रालयलाई आ-आफ्नो क्षेत्रमा प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल गर्न लागिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

पुस १० गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका प्रचण्डले पहिलो पटक सचिवहरुसँग छलफल गर्न लागेका हुन् । शपथ ग्रहण लगत्तै उनले आफ्नो कार्यकाल देश निर्माणमा खर्चिने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै