१८ पुष , काठमाडौं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा संसदीय दलको नेतामा डिल्ली चौधरीलाई चयन भएका छन्।
दाङ–३ (१) बाट प्रदेशसभामा निर्वाचित उनी पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री हुन्। उक्त क्षेत्रबाट दोस्रोपटक निर्वाचित चौधरी कांग्रेस संस्थापन पक्षका नेता हुन्।
उनलाई संसदीय दलको नेता बनाउन केन्द्रीय नेताहरु लागिपरेका थिए। २७ सांसद रहेको कांग्रेसमा १५ जना संस्थापन र १२ जना इतर पक्षका छन्।




