Comments Add Comment

Advertisment

SKIP THIS

पाँचथरमा आगलागी हुँदा दुई जनाको मृत्यु

२० पुष , काठमाडौं । पाँचथरको सदरमुकाम फिदिम नगरपालिकामा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ भने अरु दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फिदिम नगरपालिका–८ घुमाउनेटारमा गएराति आगलागी हुदा मेघबहादुर गुरुङको छोरी ममता गुरुङ र बुहारी आशा थेवेको मृत्यु भएको छ । बिजुली ‘सट’ भएर गुरुङको घरमा आगलागी भएको अनुमान गरिएको छ ।

मेघबहादुर र छोरा वीरेन्द्र सामान्य घाइते भएका छन् । आगलागीले घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । करिब ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

खोलामा डुबेर दुई जनाको मृत्यु

पोखरीमा डुबेर दुई जनाको मृत्यु

दाङमा दुई जनाको मृत्यु