Comments Add Comment

Advertisment

SKIP THIS

भालुको आक्रमणबाट एकजनाको मृत्यु

२० पुष , काठमाडौं । अर्घाखाँचीमा भालुको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय ठाडाका अनुसार शितगंगा नगरपालिका वडा नं. २ सितापुरमा भालुको आक्रमणमा परी ७९ वर्षका रामबहादुर भाट क्षेत्रीको मृत्यु भएको हो ।

घरबाट झिरा भन्ने स्थानमा जाँदै गर्दा शितगंगा– २ ओखारी भन्ने ठाउँमा भालुले आक्रमण गरेर बृद्धको मृत्यु भएको हो ।

जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली पुग्दा भालु घटनास्थलमै रहेको र धेरै मानिसहरु देखेपछि भागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment