Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै नेपाल बारको प्रदर्शन

२२ कात्तिक , काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनले सोमबार पनि प्रदर्शन गरेको छ ।

सोमबार कालो ब्यानरमा कानून व्यवसायीहरुले नेपाल बार भवनबाट प्रदर्शन सुरु गरेका छन् । उनीहरु सर्वोच्च अदालत प्रांगणमा धर्ना दिन पुगेका छन् ।

यसअघि बारले राजीनामा दिन प्रधानन्यायाधीश राणालाई ५ दिनको अल्टिमेटम दिएको थियो । तर, राणाले राजीनामा दिएका छैनन् । राजीनामा नआएपछि बारले आन्दोलनलाई अझ कडा पार्ने जनाएको छ । आइतबार देशभरका बार इकाइँसग छलफल गरिएको थियो । सो छलफलपछि आन्दोलनमा सहभागी हुुन सम्पूर्ण कानून व्यवसायीलाई आह्वान गरिएको थियो ।

राणाको राजीनामा माग्दै सर्वोच्चकै १९ जना न्यायाधीशहरुले राणाले तोकेको पेशी बहिस्कार गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै