Comments Add Comment

Advertisment

SKIP THIS

रातोपुलमा अचम्म ! १६ वर्षीया किशोरीले दिइन उजुरी : अध्यक्ष अधिकारी पक्राउ

२२ कात्तिक , काठमाडौ । बलात्कार आरोपमा नेपाल फ्रेट फरवार्डर्स(कार्गो) एसोसिएसन (नेफा)का अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन् ।

१६ वर्षीया किशोरीको जाहेरीका आधारमा अधिकारीलाई महानगरीय प्रहरी वृत्त मालीगाउँको टोलीले पक्राउ गरेको हो । आरोपित ४९ वर्षीय अधिकारीले रातोपुलमा लगेर किशोरीलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

प्रहरीका अनुसार घटना कात्तिक ८ गतेको हो । घटनापछि पीडितका तर्फबाट अधिकारीविरुद्ध प्रहरीमा बलात्कार अभियोगमा किटानी जाहेरी परेको थियो ।घटनाको ८ दिनपछि कात्तिक १६ गते अधिकारीलाई प्रहरीले ठमेलबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले अधिकारीविरुद्ध किशोरी बलात्कार अभियोगमा अनुसन्धान भइरहेको बताए ।

‘किशोरी बलात्कार आरोपमा अधिकारीविरुद्ध जाहेरी परेको थियो, त्यसकै आधारमा पक्राउ गरी उनीविरुद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएका छौँ,’ एसपी बस्नेतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै