Comments Add Comment

Advertisment

SKIP THIS

१० औं राष्ट्रिय महाधिवेशनबाट काठमाडौं ७ बाट को बन्ला नेकपा एमालेको प्रतितिधी ?

२३ कात्तिक , काठमाडौ । नेकपा एमालेको मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने १० राष्ट्रिय महाधिवेशनले यतीखेर राजनीति तताएको छ ।

गोदावरीमा प्रथम ऐतिहासिक विधान अधिवेशन गरेर महाधिवेशनमा होमिएको नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेसनले देशको राजनीतिलाई डोर्‍याउने निस्चित छ । नीति र विधानमा विधान अधिवेशनमार्फत टुंगो लगाएको एमालेले महाधिवेशन नयाँ नेतृत्व चयन गर्ने र आफ्नो शक्ति पर्दशन गर्न केन्द्रित हुने देखिन्छ ।

नेकपा एमालेको १० औ राष्ट्रिय महाधिवेशनको चर्चा चलिरहँदा काठमाडौं ७ मा समेत को=को प्रतिनिधि चयन होलान् भनेर कार्यकर्ता बृत्तमा चर्चा परिचर्चा सुरु हुन् थालेको छ । काठमाडौं ७ बाट १ महिला र ३ पुरुष गरि ४ जनाले महाधिवेशनमा भाग लिएर नयाँ नेतृत्व चयन गर्ने अवसर पाउनेछन् ।

महाधिवेशन प्रतिनिधि लागि काठमाडौं ७ मा नेकपा एमाले बागमती प्रदेश कमिटी सचिवालय सदस्य श्याम घिमिरे, सिताराम रेग्मी, पुर्व राज्यमन्त्री रामविर मानन्धर, प्रदेश सांसद प्रकाश श्रेष्ठ, जिल्ला कमिटी सचिवालय सदस्य विश्वराम सापकोटा, विदुर अर्याल, न्हुछेकाजी मर्हजन, गोपाल माली र भाष्कर लेकालीले दाबी रहेको नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्र नं.७ का संयोजक विश्वराम सापकोटाले जानकारी दिनुभयो ।

यस्तै सापकोटाका अनुसार महिला तर्फ इन्दिरा पन्त, रचना राजोपाध्याय, शिवकुमारी अर्याल, गिता थिङ सम्भावित उम्मेदवारको रुपमा देखा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै