Comments Add Comment

प्रहरीमा आउने सेवा ग्राहीको सरल छिटो छरितो तरिकाले सेवा गर्न डीआईजी थापाको निर्देशन

हेटौंडा । बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दिपक थापाले जिल्ला प्रहरी कार्यालय मकवानपुरको निरीक्षणको क्रममा प्रहरी कार्यालयमा आउने सेवा ग्राही पिडित भएरनै आउने हुनाले उहाँहरूको परेको पिरमर्कालाई आफुलाईनै परेको पिडा हो भन्ने सम्झि, सरल छिटो छरितो तरिकाले सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।

डिआईजी दिपक थापाले आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरको निरीक्षण तथा निर्देशन कार्यक्रममा बोल्नुहुदै प्रहरी कर्मचारीले कर्तव्य पालनाको शिलशिलामा आफ्नो पदिय हैसितमा म ठूलो हुँ भन्ने भावनालाई थाति राखी जिम्मेवारीको गहनतालाई बुझि जिम्मेवार भई सेवा प्रवाह गर्न समेत निर्देशन दिनु भयो ।

कानूनको उल्लंघन गर्ने जो कोही भएतापनी ओहदा नहेरीकन कानूनी दायरामा ल्याउन निर्देशन दिदै कानूनको सहि तरिकाले निर्दयीता पूर्वक कार्यान्वयन गर्दा जस्तो सुकै दवाव आएपनि पछी नहटन निर्देशन दिनु भयो ।

विभिन्न अपराधिक र प्रतिबन्धित तत्वहरूले शान्ती सुरक्षामा खलल पार्न सक्ने हुनाले त्यस तर्फ सचेत रहदै शान्ती सुरक्षा मजबुत बनाउन पनि प्रहरी कर्मचारीहरूलाई दिन रात नभनी त्रुटिरहित जिम्मेवारी बहन गर्न समेत उहाले निर्देशन दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै