१९ माघ , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भन्न र लेख्न बाँकी भए भनीहाल्न आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबूकमार्फत भन्न र लेख्न बाँकी भए भनिहाल्न र आफ्नो मौनता आज सम्मका लागि मात्रै भएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’
अहिले सामाजिक सञ्जालमा उनले यस अघि गरेको पोष्टहरु भाइरल र गालीगलोज आएसँगै यस्तो लेखेका हुन् ।
नागरिकता सम्बन्धी विवादका कारण गत शुक्रबार रवि लामिछाने सांसद पद गुमाएका थिए । त्यससँगै उनी उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको पदबाट पनि मुक्त भएका थिए । तर आइतबार उनले पुनः नागरिकता लिने प्रक्रिया पूरा गरेसँगै माघ १५ गतेनै राहदानी फिर्ता गरेका थिए ।




