Comments Add Comment

Advertisment

SKIP THIS

कपिलवस्तु प्रहरीले २१ लाख भारतीय रुपैयाँसहित ३ जनालाई पक्राउ

२१ लाख अवैध भारतीय रुपैयाँ सहित ३ जना कपिलवस्तुको तौलिहवामा पक्राउ परेका छन। गए राती नौ बजेतिर भारतीय नम्बर प्लेटको कारमा विशेष सुराकीको आधारमा तौलिहवाको जमुहार पुल नजिकैबाट सो रकम सहित उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा २ नेपाली र एक भारतीय रहेका छन।

पक्राउ पर्नेहरूमा शुद्धोदन गाउँपालिका ६ बिमिहाका २६ वर्षीय राकेश कुमार बर्मा ३५ वर्षीय राजेश कुमार बर्मा, गाडी चालक भारतको सिद्धार्थनगर थाना तेतरी बजार ग्राम अनुप नगर नौगढ भई हाल कपिलवस्तुको मायादेबी गाउँपालिका १ ईमिलियाका २८ वर्षीय हमिद मुसलमान रहेको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले बताए।

भैरहवाबाट तौलिहवा आउनेक्रममा युपी ५५ एएम ०४५९ हुन्डाई भेन्यु गाडीमा चालक र त्यसैसंग रहेको अघिको २ सिट मुनीबाट कुल २१ लाख ७ हजार १ सय रुपैयाँ बरामद भएको थियो। सिट मुनी ३ ठाउमा फल्स बटम बनाई सो रकम लुकाइएको अवस्थामा बरामद भएको थियो । ५ सय भारुको नोट ४ हजर थान, राकेश कुमार बर्माका साथबाट ५ सयका २ सय ७ वटा भारु नोट र एक सय भारुको नोट ३६ वटा बरामद गरिएको थियो।

श्रोत अनुसार उनीहरुले भारतमा सुन बेचेर तौलिहवा तर्फ आईरहेका थिए। धेरै दिन देखि यही कारोवारमा लागेका उनीहरु बारे प्रहरीले सुराकी पाएको थियो । पक्राउ परेका राकेश कुमार बर्मा तौलिहवा स्थित मेरा मार्टका संचालक समेत हुन। पक्राउ परेकाहरूलाई बुटवल स्थित राजस्व अनुसन्धान विभागमा पठाउने तयारी गरिएको प्रहरी उपरिक्षक बस्नेतलले बताए। उनीहरूमाथि वैदेशिक मुद्रा अपचलनको मुद्दा लाग्ने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै