Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी श्याम ज्ञवालीको प्रमुख आतिथ्यतमा रसायन तथा लागुऔषध शाखाको कार्य शुभारम्भ 

नेपाल प्रहरीको केन्द्रिय बिधी बिज्ञान प्रयोगशालाको शाखाको रुपमा रहेको नेपाल प्रहरी प्रदेश कार्यालय विधिविज्ञान इकाईमा रसायन तथा लागु औषध शाखाको कार्य शुभारम्भ भएको छ ।

१ नब्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीको प्रमुख आतिथ्यतमा शुभारम्भ कार्यक्रमको आयोजना गरी नेपाल प्रहरी प्रदेश कार्यालय विधिविज्ञान इकाई धरान अन्तर्गत रसायन तथा लागु औषध शाखाको कार्य शुभारम्भ भएको हो ।

शाखाको शुभारम्भ गर्नु भई प्रदेश प्रहरी प्रमुख ज्ञवालीले उपस्थित सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला र अन्य प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै