(ईश्वर दुलाल) कपिलवस्तु , लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको स्थलगत निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यावसायीक प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन समेत गर्नुभएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यलयहरुबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धान साथै जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौतीहरु नियन्त्रणका लागि प्रहरीले गरेका विभिन्न गतिविधिहरु समेतको निरीक्षण गरि प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त एवं समय सान्दर्भिक बनाउन प्रहरी नायव महानिरीक्षक टेक राईले उक्त निरिक्षण गर्नु भएको हो ।

निरीक्षण पश्चात कपिलवस्तु जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक राईले जस्तोसुकै विषम परिस्थितिमा पनि विचलति नभई समाजमा शान्ति सुरक्षा तथा अमचयनको खातिर अहोरात्र तल्लिन रहनु नै नेपाल प्रहरी संगठनको गौरवमय इतिहास रहेकाले कुनैपनी प्रहरी कर्मचारी आफ्नो कर्तव्यबाट बिमुख नभई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न कटिवद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

निरीक्षणको क्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले प्रहरी नायव महानिरीक्षक टेक राई समक्ष कपिलवस्तु जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन भईरहेका विविध गतिविधिहरु लगायतका विषयमा जानकारी समेत गराउनु भएको थियो ।




