Comments Add Comment

Advertisment

SKIP THIS

झापामा छात्राले आत्महत्या गरेपछि शिक्षक पक्राउ

२५ माघ , काठमाडौ । झापामा छात्राले आत्महत्या गरेपछि शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका-३ कृपाल टोल बस्ने १७ वर्षीया सोनी राजवंशीले आत्महत्या गरेकी हुन् । उनी गौरीगञ्ज माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी थिइन् ।

मंगलबार दिउँसो उनलाई झुन्डिएको अवस्थामा देखेपछि दमक लाइफलाइन अस्पताल पुर्‍याइएको थियो । उनको त्यहाँ उपचार क्रममा साँझ ६ बजे मृत्यु भएको हो । शिक्षकले कुटपिट गरेका कारण उनले आत्महत्या गरेको विद्यार्थीहरूले बताएका छन् ।

विद्यार्थीको समूह बुधबार प्रहरी कार्यालयमा समेत पुगेको छ । कुटपिटका कारण विद्यार्थीले आत्महत्या गरेको भन्ने आरोप छ । आरोप लागेपछि शिक्षकलाई नियन्त्रणमा लिएको र शव पोष्टमर्टमपछि घटनाबारे थप खुल्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment