Comments Add Comment

Advertisment

SKIP THIS

१ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर

१ नम्बर प्रदेश प्रहरी श्रीमती संघ तथा रंगेली नगरपालिकाको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ ।

मोरङको रंगेली नगरपालिका-९ फर्साडाँगी स्थित रहेको पार्वती माध्यमिक बिध्यालय परिसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष सिता ज्ञवालीको सभापतित्वमा, रंगेली नगरपालिकाका प्रमुख दिलिप कुमार अग्रवालको प्रमुख आतिथ्यतामा संचालन भएको निःशुल्क स्वास्थ्य शिविरमा बिराट नर्सिङ होम प्रा.लि.का मेनेजर मोहम्मद जियाउल हक सहित १२ जना बिशेषज्ञ डाक्टरहरुको टोलीद्वारा स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

शिविरमा स्त्री तथा प्रसुति रोग, छाला तथा यौन रोग, बाल रोग, दन्त रोग, नाक कान घाटी तथा आँखा रोग सम्वन्धि समस्या भएका ३९४ जना स्थानिय सर्व साधारण महानुभावहरु तथा स्थानिय प्रहरी कर्मचारीहरुले समेत निःशुल्क स्वास्थ्य उपचार गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै