Comments Add Comment

Advertisment

SKIP THIS

कर्णालीमा कोरोनाको १० हजार मात्रा खोप खेर

३० साउन , काठमाडौ । कोरोना संक्रमणको दर फेरि बढ्न थालेपछि सरकारले सबै नागरिकलाई कोरोनाविरूद्धको खोपको पूर्ण मात्रा र पूर्ण मात्रा लगाईसकेकालाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ ।

तर, कर्णाली प्रदेशका नागरिकले भने खोपलाई बेवास्ता गरेका कारण १० हजार मात्रा खोपको म्याद गुज्रेर खेर गएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा। रबिन खड्काले दिनुभएको जानकारीअनुसार निर्देशनालयले खोप लगाउनका लागि आह्वान गरे तापनि धेरैले चासो नदिएका कारण १० हजार खोप नष्ट भएको छ ।

कोरोना संक्रमणको सुरूवाती चरणमा खोप लगाउन भीड बढे पनि कोरोना संक्रमण कम हुँदै गएपछि कर्णालीमा खोप लगाउनेहरूको संख्यामा पनि कमी आएको उहाँले बताउनुभयो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment