Comments Add Comment

Advertisment

SKIP THIS

प्रशिक्षण कार्यलाई अझ बढी व्यावसायिक र प्रभावकारी बनाउनु : डिआईजी बसन्त कुँवर

मधेश प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त बहादुर कुँवर ज्यूले मधेस प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण गर्नुभयो । निरीक्षण क्रममा आन्तरिक प्रशिक्षण कक्ष , पुस्तकालय, प्राथमिक उपचार कक्ष , व्यारेक , मेस तथा अन्य प्रशिक्षण गतिबिधिहरु समेत अवलोकन गर्नु भयो ।

डिआईजी बसन्त कुँवरले तालिम केन्द्रमा भएको स्रोत साधनको उच्चतम प्रयोग गर्दै भावि दिनहरुमा प्रशिक्षण कार्यलाई अझ बढी व्यावसायिक , समय सापेक्ष र प्रभावकारी बनाउन, चुस्त दुरुस्त रही आ-आफ्नो स्थानबाट अनुशासित भई उच्च मनोबलका साथ कर्तव्य पूरा गर्न निर्देशन समेत दिनुभयो ।

मधेस प्रदेश प्रहरी तालिम केन्द्र राजविराज पुगेर अनुगमन , निरीक्षण तथा निर्देशन सम्बोधन गरिदिनुभएकोमा तालिम केन्द्रका प्रमुख एसएसपी ईश्वर कार्कीले डिआईजी बसन्त कुँवरलाई हार्दिक धन्यवाद व्यक्त गर्नुको साथै सिमित स्रोत साधनका बिच पनि उत्कृष्ट प्रशिक्षण गतिविधि सञ्चालन गरि दक्ष जनशक्ति उत्पादन गर्दै आईरहेको तालिम केन्द्रको भौतिक पूर्वाधारको विकास, आन्तरिक सुद्धीकरण र सुढृडिकरणमा जोड दिई कार्य सञ्चालन गरिरहेको प्रदेश प्रमुखबाट भएको निर्देशनले प्रशिक्षण गतिविधी सञ्चालन गर्न थप हौसला प्राप्त भएको कुरा व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै