Comments Add Comment

Advertisment

SKIP THIS

४०औं आईजीपी रनिङ शिल्ड फुटबलको उपाधि १ नम्बर प्रदेश प्रहरीलाई

४०औं आईजीपी रनिङ शिल्ड फुटबल प्रतियोगिता–२०७९ को उपाधि १ नम्बर प्रदेश प्रहरीले जितेको छ। आइतबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा भएको फाइनल खेलमा प्रतिष्ठानको टोलीलाई ३–१ गोल अन्तरले पराजित गर्दै १ नं. प्रदेश प्रहरीकाे टोली प्रतियोगिताको उपाधि जित्न सफल भएको हो।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार रुपैयाँ र द्वितीय हुने टिमले ५१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। यस्तै प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमका प्रहरी जवान विवेक पाण्डे सर्वोत्कृष्ट खेलाडी, १ नम्बर प्रदेश प्रहरी कार्यालय टिमका प्रहरी जवान सन्देश विक सर्वाधिक गोलकर्ता बने भने गण्डकी प्रदेश प्रहरी कार्यालय टिमले फेयर प्ले अवार्ड प्राप्त गरेको छ। उनीहरूले १०/१० हजार रूपैयाँ पुरस्कार प्राप्त गरे।

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले विजयी टोली, विधागत उत्कृष्ट खेलाडीलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरूलाई प्रमाणपत्र प्रदान गरे।

माघ २० गतेबाट सञ्चालन भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालयको टिम गरी जम्मा १० टिमको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै