५ फागुन , काठमाडौ । रामकृष्ण कडेल निर्देशित “गोमा” टेलिश्रृखंलामा एउटा दृश्य छ । “नारद (जयराम सापकोटा) टेलिश्रृखंलामा अभिनित पारिवारिक पर्ट कथा गोमामा बाबुको भुमिका बाध्धै किसानी भेषमा छोरीको चिन्ताले पिर लिदै काम गर्दै बसिरहेका हुन्छन् ।”
त्यतिकैमा परबाट छोरी गोमा (शुप्रभा अधिकारी) बाबु (नारद) को अगाडी बाट हिड्दै त्यो आगनको डिलमा पुगेर बसछिन् । उनलाई देखेर बाबु (नारद) ले नजिक जादै भन्छन्, छोरी आईपुगेउ भन्दै पारिवारिक पर्ट कथा आरभ्भ हुन्छ ।
“गोमा अफिसियल एच.डी” मा प्रदर्शनमा आएको गोमा हेरिसकेपछि जयराम सापकोटा र निर्देशक रामकृष्ण कडेललाई प्रश्न गर्न मन लाग्छ, तपाईंहरुजस्ता सर्जकले नेपालीकै अरु सर्ट शिरिजका थिमलाई नपछ्याउँदा पनि नेपाली पारिवारका कथा देखाउन सक्नुहुन्थ्यो होला नि ?
सन्तोष लम्सालको कथा र कन्सेप्टलाई कडेलले निर्देशन गरे । पट कथामा नेपाली समाज, परिवेश र संस्कृति समेटिएकाले गोमाको कथासँग धेरैले आफूलाई अन्तर सम्बन्धित गर्न पाउँछन् । सन्तानप्रति अभिभावकले गर्ने चाहना, आशा अनि जिम्मेवारीबीच छोराछोरीले गर्ने बेवास्ता, अपहेलना र अनादरको कथाले पक्कै दर्शकको मन हुँडल्छ । अभिभावकले आफ्ना सन्तानबाट चाहने प्रेम, माया का कुरालाई दृश्यमा संवेदनशील ढंगबाट प्रस्तुत गरिएको छ ।
पट कथामा पस्किएको अभिभावक र छोराछोरीबीचको भावनाले दर्शकलाई बाँधेर राख्छ । पट कथा सरल छ, पर्दामा सरल ढंगले बग्दै जान्छ । मौलिक संवादका पंचलाइन, जोस हेरमका सुन्दर खिचाइ, पात्रको भाव बुझाइदिने विश्वास भण्डारीको साउन्ड डिजाइनले गोमामा आम नेपालीले अपनत्व अनुभव गर्न पाउँछन् । नारद बीचको छिमेकी सम्बन्ध निकै मर्मस्पर्शी शैलीमा प्रस्तुत छ । कति दृश्यमा दर्शकलाई जबर्जस्त रुवाउन उस्तै किसिमको पार्श्व ध्वनी प्रयोग गरिएको छ ।
यद्यपि कलाकारको अभिनयले त्यसको सन्तुलन भने जोगाइदिएको छ । नारदको भूमिकामा गरिएको अभिनय, शारीरिक हाउभाउ, पूर्वेली लवजमा गरिएको मिहेनतले गोमाको अभिनयको गहिराइ प्रस्तुत गर्छ । लजालु ,हसिली उमेरको भूमिकामा गोमा फिट देखिएकी छिन् तर उनलाई नारद अथात आफ्नो बुवाले बिहेको कुरा गर्दा मन खिन्न बनाउछिन् ।
रामकृष्ण कडेल निर्देशित गोमा टेलिश्रृखंलामा विभिन्न पात्रहरु छन् जस मध्ये क्रमश : जयराम सापकोटा , शुप्रभा अधिकारी ,शुमिना अधिकारी, सन्तोष गिरी , सन्तोष लम्साल , राजु श्रेष्ठ , प्रकाश थापा ,रावन गिरी, प्रिन्स राज , भान्छामा कमला, प्रकाश थापा , मेकअपमा डि के हमाल , अनिल खड्का , प्रेम बहादुर नगरकोटी , लेखन सन्तोष लम्साल , सम्पादन विश्वास भण्डारी , निर्माता बिनोद कंडेल , रहेको उक्त सिरियललाई “GOMA OFFICAL HD” युटुबबाट सार्बजनिक गरिएको छ । पुरा भिडियो हेर्नुहोस् :



