Comments Add Comment

Advertisment

SKIP THIS

विराटनगरमा लागूऔषध सहित २ जना पक्राउ

२५ कात्तिक , काठमाडौ । हिजो बेलुका ४ बजे विराटनगरको सिमा क्षेत्रबाट लागूऔषध सहित दुई जना पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका १ का २२ बर्षीय रमेश भट्टराई र धरान उपमहानगरपालिका १३ का प्रदिप लिम्बु रहेका छन् ।

सिमा प्रहरी चौकी रानीबाट खटीएको प्रहरी टोलीले भट्टराईलाई लुपिजेसिक १६ एम्पुल, फेनारगन ३ एम्पुल, डाईजाल्याब १६ एम्पुल, एभिल १६ एम्पुल, नाईट्रोभेट १० ट्याप्लेट सहित पक्राउ गरेको हो भने लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई एभिल ३३ एम्पुल, डाईजाल्याब ३३ एम्पुल , लुपिजेसिक ३३ एम्पुल, फेरागन ३२ एम्पुल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै