Comments Add Comment

Advertisment

SKIP THIS

‘जसपालाई उपराष्ट्रपति पद दिन माओवादी सकरात्मक’

११ फागुन , काठमाडौ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई उपराष्ट्रपति पद दिन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको बताएका छन् । बिहीबार प्रधानमन्त्री प्रचण्डसँग छलफलपछि पत्रकारहरुुँग कुरा गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति निर्वाचन, सरकार सञ्चालन लगायतका विषयमा छलफल भएको बताउँदै उनले भने, ‘जसपालाई उपराष्ट्रपति दिनका लागि माओवादी एकदम सकारात्मक भएको पाएँ ।’

उनले आफूहरूको छलफल निरन्तर चल्ने र मन्त्रिपरिषद् बैठकपछि पुनः बैठक बस्ने बताए । यसअघि यादवले उपराष्ट्रपति जसपाको बटमलाइन भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment