Comments Add Comment

Advertisment

SKIP THIS

रौतहटको शिवनगरबाट सशस्त्र प्रहरीले ६ लाख बरावरको सामान बरामद

रौतहट- रौतहटको गौर नगरपालिका –५ स्थित सबगढा र गरुडा नगरपालिका –५ स्थित शिवनगरबाट हिजो सोमबार सशस्त्र प्रहरीले करिब ५ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र किराना सामान बरामद गरेको छ ।

भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदैगरेको उक्त लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटले बरामद गरेको हो । बरामद लत्ताकपडा तथा किराना सामान भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीका नायव उपरीक्षक शैलेन्द्र थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै