गोरखा । ईलाका प्रहरी कार्यालय आरुघाट गोरखामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामजी देवकोटा जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा इन्स्पेक्टर देवकोटालाई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

इन्स्पेक्टर देवकोटाले आफुलाई तोकिएको जिम्मेवारी तथा पदिय दायित्वलाई उच्च अनुशासनमा रही ईमान्दारी तथा कर्तव्य निष्ठ भई निर्वाह गर्नुका साथै नेपाल सरकारद्धारा संरक्षित जडिबुटीहरुको चोरी निकासी तथा पैठारी गर्ने ४ जना व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल रहेको, अपराध रोकथाम नियन्त्रण तथा अनुसन्धान कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गरी समाजमा शान्ती सु-व्यवस्था कायम राखि प्रहरी कर्मचारीहरुको परिचालन, रेखदेख एवं नियन्त्रणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत टोल, समाज, विद्यालय सम्पर्क कार्यक्रम, खबर संकलन तथा अपराध रोकथाम, लागूऔषध नियन्त्रण, आत्महत्या न्युनिकरण तथा समाजमा आमा समुहको भुमिका सम्बन्धी विषयमा विभिन्न समयमा कक्षा संचालन गरी जनचेतना फैलाउन महत्वपूर्ण भूमीका निर्वाह गरेका छन् ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लामा कार्यरत प्रहरीहरुमध्ये सर्वोत्कृष्ट कार्य गर्ने प्रहरीलाई हरेक महिनामा पुरस्कृत गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले जानकारी दिए ।



