Comments Add Comment

Advertisment

SKIP THIS

अनलाईन मार्फत १५ लाख ठगी गरेको अभियोगमा अन्जली बिसुन्केलाई प्रहरीले पक्राउ

काठमाडौं / अनलाईन मार्फत १५ लाख २० हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-१ की ३६ वर्षीया अन्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेसँगै यस्तो रहस्य फेला परेको हो । उनले पीडितलाई टिकटकलगायतका माध्यममा आफूलाई फ्यांकलिन पाउल (पुरुष)को नाममा चिनाउने गरेकी थिइन् । विभिन्न व्यक्तिसँग जोडिएर उनले आफ्नो श्रीमतीको मृत्यु भइसकेको र नेपाल आएर विवाह गर्ने प्रलोभन दिने गरेको खुलेको छ ।

‘ईंगल्याण्डको नागरिक हुँ, मेरो श्रीमतीको मृत्यु भैसकेको छ, म नेपाल आई तिमीलाई विवाह गरी ईंगल्याण्ड लैजान्छु’ जस्ता विभिन्न प्रलोभनका कुराहरु उनले ह्वाटएपमार्फत समेत भन्ने गरेको प्रहरीले जनाएको छ । सो क्रममा उनले ७० हजार डलरसहितको लगेज पठाएको लगायतको प्रलोभन दिएर पीडितसँग १५ लाख २० हजार रुपैयाँ बराबरको ठगी गरेको खुल्न आएको कार्यालयका सूचना अधिकारी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

उनले विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खातामा पीडितलाई पटक पटक गरी सो रकम पठाउनलगाएको उजुरी परेको थियो । उक्त ठगी कार्यमा संलग्न जिल्ला बिसुन्केलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको राठौरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै