काठमाडौं / जुवा खेलेको आरोपमा ललितपुरको भैंसेपाटीबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार साँझ ललितपुर महानगरपालिका-२५ भैंसेपाटीस्थित टहराबाट १४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी एसपी शिद्दी बिक्रम शाहले जानकारी दिए ।
चन्दा मगरले जग्गा भाडामा लिएर बनाएको टहरामा जुवा खेलिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनापछि खटिएको टोलीले १४ जनालाई पक्राउ गरेको हो।

उनीहरूबाट एक लाख ६१ हजार ९८० रुपैयाँ बरामद गरेको छ। पक्राउ पर्नेमा एक जना महिला र अन्य १४ जना छन्।
पक्राउ पर्नेहरूमा (१) पाल्पा तानसेन न.पा.वडा नं.१० तेल्बा स्थायी वतन भई हाल भैसेपाटी बस्ने टोप बहादुर विष्टको नाती सुर्य बहादुर बिष्टको छोरा बर्ष ४३ को मकर बहादुर बिष्ट ।
२) ललितपुर भैसेपाटी बस्ने केदारनाथ लामीछानेको नाती कुल प्रसाद लामीछानेको छोरा बर्ष ५० को रामहरी लामीछाने ।
३) जिल्ला ललितपुर वडा २५ भैसेपाटी बस्ने केम बहादुर कुवँरको नाती वेद बहादुर कुँवरको छोरा वर्ष ४० को अनिल कुवँर
४) जिल्ला दोलखा मेलुङ गा.पा.वडा नं.वडा नं.६ स्थायी वतन भई हाल वडा २५ भैसेपाटी बस्ने खिलास चापागाईको नाती केदार चापागाईको छोरा वर्ष ३८ को सुदिप चापागाई ।
५) जिल्ला पाँचथर फिदिम न.पा.वडा नं.३ स्थायी वतन भई हाल ललितपुर वडा नं.२५ भैसेपाटी बस्ने पृथी प्रसाद राईको नाती महेन्द्र राईको छोरा वर्ष १८ को अशिम राई भन्ने राज कुमार राई ।
६) जिल्ला मकवानपुर साबिक चुरेमाई गा.बि.स.वडा नं.१ हाल परिवर्तित हेटौडा वडा १४ स्थायी वतन भई हाल ललितपुरको भैसेपाटी बस्ने कमान सिंहको मोक्तानको नाती हर्क बहादुर मोक्तानको छोरा बर्ष ४७ को विर बहादुर मोक्तान ।
७)जिल्ला मकवानपुर साविक कोगटे गा.वि.स वडा नं.७ को हाल परिवर्तित भिमफेदी घर भई भई हाल ललितपुरको भैसेपाटी बस्ने पदम सिंहको नाती राम शरण ठकुरीको छोरा वर्ष ३६ को दिपक सिंह ठकुरी ।
८) जिल्ला पर्सा साबिक ठोरी गा.बि.स.वडा नं.८ हाल परिवर्तित ठोरी स्थायी वतन भई हाल भैसेपाटी बस्ने शेर वहादुर लामाको नाती गणेश लामाको छोरा वर्ष २६ को सुमन लामा ।
९) जिल्ला ललितपुर साबिक माल्टा कोन्ज्योसोम घर भई हाल भक्तपुर जिल्ला सुर्य विनायक बस्ने बासुदेब घिमिरेको नाती डोल प्रसाद घिमिरेको छोरा वर्ष ३२ को प्रदिप घिमिरे।
१०) जिल्ला ललितपुरको भैसेपाटी घर भई गौरव थापाको नाती नाती भाई थापाको छोरा बर्ष ४८ को कृष्ण बहादुर थापा ।
११) सुनसरी जिल्ला साविक लौकही घर भई ललितपुरको ग्वार्को बस्ने रामेश्वर शाहको छोरा बर्ष ४० को बसन्त कुमार शाह ।
१२) उदयपुर जिल्ला साबिक थान गाँउ हाल परिबर्तित ताप्लि घर भई हाल ललितपुर बस्ने गर्व बहादुर राईको नाती मट्टर बहादुर राईको छोरा वर्ष २९ को प्रचलन राई ।
१३) काभ्रेपलान्चोक जिल्ला साबिक शिखर आम्बोटे गा.बि.स.वडा नं.७ को हाल रोशि घर भई ललितपुर भैसेपाटि बस्ने मथरा सिंह पाख्रिनकोनाती कान्छालाल पाख्रिनको छोरा वर्ष २९ को सुजन पाख्रिन ।
१४) नवलपरासी जिल्ला सुस्तापुर्व रजरहर हल परिवर्तित देवचुली न.पा.१७ रजहर स्थायी वतन भई ललितपुर बस्ने हिरामणी मगरको नातीनी बेल बहादुर सारू मगरको छोरी वर्ष ३० की चन्दा मगर रहेका छन् ।







