सिरहा / बैंकको रकम लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गत फागुन १० गते सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ३ बताहा पुलस्थित कल्याणपुर जाने बाटोमा ग्लोबल आईएमई बैंकका कर्मचारीले बोकेको ९ लाख रुपैयाँ लुटपाट भएको थियो ।
बैंकको शाखा कार्यालय कल्याणपुरतर्फ लिएर जाने क्रममा ४ जना अपरिचित ब्यक्तिहरुले पेस्तोल देखाई उक्त रकम लुटेर फरार भएका थिए ।

पक्राउ पर्नेमा सिरहाका जिवछ बिक, सत्य नारायन मण्डल र श्याम कुमार यादव रहेका छन् । उनीहरुविरुद्ध आइतबार शरीर बन्धक तथा डाँका मुद्दामा सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।



