Comments Add Comment

Advertisment

SKIP THIS

स्वर्णिम वाग्लेले छाडे कांग्रेस, अबको यात्रा रास्वपा ?

१६ चैत , काठमाडौ । अर्थशास्त्री एवं नेपाली कांग्रेसका नेता स्वर्णिम वाग्लेले औपचारिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत ५० वर्षदेखि आफ्नो पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट औपचारिक रुपमा अलग भएको घोषणा गरेका हुन् ।

फेसबकुमार्फत् भनेका छन्, ‘वि.स.२०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु।’

कांग्रेस परित्यागसँगै उनले आगामी नयाँ वर्षको सुरुवातसँगै नयाँ सार्वजनिक भूमिका देखा पर्ने पनि भनेका छन् । ‘२०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो। जय नेपाल,’ उनले लेखेका छन् ।

गएको संघीय निर्वाचनमा नयाँ पार्टीका रुपमा उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वाग्लेलाई आगामी उपनिर्वाचनमा तनहुँ १ बाट उम्मेदवार बनाउने प्रस्ताव गरेको छ । तर, वाग्लेले त्यसबारे भने कुनै आधिकारीक धारणा सार्वजनिक गरेका छैनन् ।

वाग्लेले कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेर उपनिर्वाचन लड्नें कुनै संकेत नदेखाए पनि रास्वपामा भित्रिने एक खालको वातावरण बनिसकेको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment