Comments Add Comment

Advertisment

SKIP THIS

धनुषामा स्रोत नखुलेको १४ लाख रुपैयाँसहित २ जना पक्राउ

धनुषामा स्रोत नखुलेको १४ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।

धनुषाको जनकनन्दनी गाउँपालिका–५ बनरझुल्ला अगाडि ईलाका प्रहरी कार्यालय खजुरीबाट प्रहरी निरीक्षकको कमाण्ड र प्रहरी चौकी बल्हागोठबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको संयुक्त चेकिङ टोलीले दुवैलाई पक्राउ गरेको हो ।

जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको प्रदेश नं. २–०२–००३ प ७०४५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक धनुषाको धनुषाधाम नगरपालिका–२ धनुषाधाम बस्ने ५५ वर्षीय जोगिन्द्र यादवको साथबाट १० लाख र मोटरसाइकल पछाडि बसेका १९ वर्षीय कृष्ण साहको साथबाट नेपाली नगद ४ लाख समेत गरी जम्मा नेपाली रुपैयाँ १४ लाख बरामद गरिएको प्रहरीले जनाएको छ ।

नगदसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै