Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीले भक्तपुरबाट सालकको खपटासहित दुई जनालाई पक्राउ

काठमाडौं । प्रहरीले भक्तपुरबाट सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर हेटौडा उपमहानगरपालिका-३ घर भई हाल भक्तपुर चाँगुनारायण-२ बस्‍ने २२ वर्षीय आशुतोष थपलिया र सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भई हाल भक्तपुर चाँगुनारायण नै बस्‍ने२६ वर्षीय अमृत गजमेर रहेका छन् ।

जिल्ला प्रहरी सरिसर भक्तपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ९९८ ग्राम बराबरको सालकको खपटा बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय भक्तपुरमा पठाइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै