Comments Add Comment

Advertisment

SKIP THIS

मलेसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा विमला थापा काठमाडौँबाट पक्राउ

काठमाडौँ । मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१० थापागाउँ बस्ने ५१ वर्षीया विमला थापा रहेकी छन् ।

थापाले कमल चौधरीलाई ‘मलेसिया पठाइदिन्छु तथा राम्रो कम्पनीमा काम लगाइदिन्छु’ भन्दै प्रलोभनमा पारी रकम लिई सम्पर्कविहीन बनेकी थिइन् । वैदेशिक रोजगार विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई थापालाई पक्राउ गरी उपस्थित गराइदिन हुन पत्राचार गरेको थियो ।

सोही आधारमा कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले थापालाई सोमबार पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै