Comments Add Comment

Advertisment

SKIP THIS

खसी चोरेको आरोपमा रामेछापको खाँडादेवीबाट प्रहरीले हिमाल तामाङलाई पक्राउ

काठमाडौँ । प्रहरीले खसी चोरेको आरोपमा रामेछापको खाँडादेवी गाउँपालिका–२ स्थित सित्खा बजारबाट युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिकाको मजुवा घर भएका ३० वर्षीय हिमाल तामाङ छन् ।

हिमालले चुल्ठेपानी स्थित मनोज बुढाथोकीको गोठबाट दुई वटा खसी चोरेको आरोप छ । चोरीको खसी सित्खा बजारमा बेच्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

आरोपीविरुद्ध चोरी मुद्दामा १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै