विराटनगर – कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले शोषित, पिडित, गरिव र असहाय नागरीकहरुलाई प्रहरी सेवामा प्राथामिकता दिन निर्देशन दिनु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमणको क्रममा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै वहाँले उक्त कुरा बताउनु भएको हो ।

शोषित, पिडित, असहाय, गरिव, जेष्ठ नागरिक तथा पिडामा परेका व्यक्तिहरुलाई प्रामिकताका साथ उनिहरुको मर्का र समस्यालाई सहजीकरण गर्दै सेवक भएर कसैको दबाब र प्रभावमा नपरी काम गर्न निर्देशन दिनुभयो । त्यसै गरी कुनै पनि आपराधिक क्रियाकलापमा प्रहरी कर्मचारीहरू संलग्न भएको पाइएमा त्यस्तो प्रवृत्ति क्षम्य नहुने र संलग्नलाई कठोर र निर्मम भएर कारवाही गरिने उहाँले बताउनुभयो ।

निर्देशनकै क्रममा वहाँले प्रहरी संगठनका साथै आफ्नो बृद्धि बिकाशको लागि सामुहिक भावना तथा भाईचारा र आपसी सहयोगको आवश्यकता जरुरी रहेको बताउनु भयो । यसका साथै वहाँले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ-आफनो जिम्मेवार एरिया ईलाकाहरुमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न, बिभिन्न अपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न कडाईका साथ प्रहरी परिचालन गर्न र सवारी दुर्घटना न्युनिकरण, सवारी नियम उलंघन गर्ने सवारी साधनलाई कारवाही तथा सवारी साधनको प्रयोग गरी हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन समेत निर्देशन दिनु भयो ।

निर्देशनकै क्रममा वहाँले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गर्न, तालुक कार्यालयबाट भएका आदेश निर्देशनलाई तल्लो दर्जाका कर्मचारी समेतलाई जानकारी गराई अक्षरस पालना गर्न, फरार प्रतिबादी खोजतलास गरी पक्राउ गर्न, चेकिङको क्रममा सभ्य र शिष्ट भाषा प्रयोग गर्न, आम सेवाग्राहीहरुसँग समान व्यवहार गर्न तथा सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गरी सदैव प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।





