Comments Add Comment

Advertisment

SKIP THIS

टिपरमा माेटरसाइकल ठाेक्किँदा एक जनाको मृत्यु

११ साउन , काठमाडौं । ललितपुरको एकान्तकुनामा भएको दुर्घटनामा एक जनाकाे मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गएराति रोकिराखेको बा ३ ख ५७७ नम्बरको टिपरमा वाग्मती प्रदेश ०२–०२७ प ६३३८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक खोटाङ घर भइ ललितपुरको ठेचो बस्ने २३ वर्षका ठगिन्द्र राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएको उनको उपचारका क्रममा अल्का अस्पतालमा मृत्यु भएको हो । यस्तै, मोटरसाइकलको पछाडि बस्ने ललितपुरको महालक्ष्मी १४ बस्ने ३५ वर्षका सुरज अधिकारीको अल्का अस्पतालमा नै उपचार भइरहेको छ ।

टिपर चालकलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै