काठमाडौं । विवाह गर्न अस्वीकार गरेको भन्दै स्टाफ नर्सले चिकित्सकको घरमा गएर आत्महत्या गरेकी छन् । प्रेम सम्बन्धामा रहेकी ३४ वर्षीया अनुमा श्रेष्ठले हिजो (शनिबार) डा. सुजन ढकालको घरमा आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
वीर अस्पतालमा कार्यरत एक स्टाफ नर्सले काठमाडौंको बोहराटारमा आत्महत्या गरेका छन् । नारायणगढ स्थायी घर भएका अनुमा श्रेष्ठले शनिबार दिउँसो काठमाडौं महानगरपालिका–१६ बोहराटारस्थित सुजन ढकालको घरमा आत्महत्या गरेका हुन् ।
मृतक अनुमा घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए । श्रेष्ठ वीर अस्पतालका नर्स हुन् भने ढकाल विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत डाक्टर हुन् ।

उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा थिए । लामो समय प्रेम सम्बन्धमा रहेका अनुमाले विवाहको प्रस्ताव गर्दा प्रेमीले अस्वीकार गरेपछि केटाको घरमै पुगेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी स्रोतले जाकनारी दियो ।
प्रहरीका अनसुार अनुमाले आत्महत्या गरेकै स्थानबाट एउटा डायरी बरामद भएको छ । बरामद भएको उक्त डायरीमा अनुमाले आफ्नो जीवन भोगाई, प्रेमसम्बन्ध, विवाहका लागि भएको प्रयास र केटा पक्षको परिवारले गरेको अस्वीकार लगायतको विषयमा उल्लेख गरेका छन् ।







