Comments Add Comment

Advertisment

SKIP THIS

सर्लाहीबाट लागुऔषधसहित दुई पक्राउ

३० वैशाख , काठमाडौ । सर्लाही प्रहरीले ठुलो परिमाणमा लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। शनिबार ईलाका प्रहरी कार्यलय बरहथवाले पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो।

गत बिहिवार साँझ बरहथवा नगरपालिका–५ स्थित सडकबाट ठुलो परिमाणमा लागुऔषधसहित गोेडैता नगरपालिका–११ का २२ वर्षीय अजय सहनी र वडा नम्बर¬–८ का ताजबाबु दर्जी पक्राउ परेका बताइएको छ।

सुराकीका आधारमा चेकजाँच गर्ने क्रममा मधुवनबाट काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०६–००१ ख ०००३ नम्बरको यात्रुबाट लागुऔषधसहित उनीहरु पक्राउ परेका ईलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए। पक्राउ परेकामध्ये सहनी उक्त बसको सहचालक र दर्जी बसका कण्डक्टर रहेको प्रहरीले जनाएको छ।

चेकजाँचको क्रममा सहनीले बोकेको निलो रंगको ब्यागबाट सय एमएलको कोडिवयल कफ सिरफ ८९ बोटल, नोफिन २ एमएलको एम्पुल ९१ पिस, डाइजेपाम २ एमएलकोे एम्पुल ९१ पिस, फेनेरागन २ एमएलकोे एम्पुल ९२ पिस, २७४ पिस नाईट्राभेट–१०, २० पत्ता ९तीन सय ट्याब्लेट० निटाज कियर–१० लगायत बरामद भएको थियो।

दर्जीले बोकेको ब्यागबाट कोडिवयल कफ सिरफ लेखिएको सय एमएलको बोटल ९८ पिस र एक थान स्कृन टच मोवाइल फोन बरामद भएको प्रहरीले जनाएको हो। दुवैविरुद्ध लागुऔषध ओसारपसार मुद्दामा अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मिश्रले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment