Comments Add Comment

Advertisment

SKIP THIS

महानगरका कुनै पनि कर्मचारीले काम गरेबापत पैसा मागेमा प्रमाणसहित खबर गर्नुहोला : बालेन शाह

काठमाडौं, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले काठमाडौं महानगरपालिका अन्तर्गतका कुनै पनि कार्यालयमा भ्रष्टाचारजन्य कार्य भएमा प्रमाणसहित सम्पर्क गर्न अनुरोध गरेका छन्।

शाहले सामाजिक सञ्जालमार्फत् उक्त अनुरोध गरेका हुन्। उनले महानगरपालिका कार्यालयमा कुनै कर्मचारीले कुनै पनि प्रकरणमा पैसा मागेमा अडिओ र भिडिओसहित प्रमाण पठाउन अनुरोध गरेका छन्।

उनले भनेका छन्, ‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौं, हाम्रो अधिकार क्षेत्र काठमाडौं महानगर पालिका कार्यालयमा कुनै पनि कर्मचारीले कुनै पनि प्रकरणमा पैसा मागेमा प्रमाणसहित हामीलाई सम्पर्क गर्नुहोला भिडिओ–अडियो सहित।’

उनले कसैले भ्रष्टाचार गर्‍यो भनेर बिना प्रमाण आरोप लगाउनुभन्दा प्रमाण जुटाउन अनुरोध गरेका हु्न्।

साथै उनले यस्ता कार्य भएको पाइएमा सर्वसाधारणलाई ह्वास्ट्सएप नम्बर 9863592011 प्रमाणसहित सम्पर्क गर्न अनुरोध गरेका छन्।

उक्त मोबाइल नम्बर आफूले मात्र बोक्ने भएका कारण उजुरीकर्ताको नाम गोप्य राखिने बालेनले प्रतिबद्धता जनाएका छन्। उनले भनेका छन्, ‘यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउनेको नाम गोप्य राखिनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै