Comments Add Comment

Advertisment

SKIP THIS

काभ्रे प्रहरीले नियन्त्रीत औषधीसहित फार्मेसी सञ्चालक पक्राउ

१२ माघ , काठमाडौँ । नियन्त्रीत औषधीसहित पनौती नगरपालिका वडा नं २ मा सञ्चालनमा रहेको उद्धव फार्मेसीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । फार्मेसीका सञ्चालक पनौती-१ स्थित पर्खालचौरका उद्धव सापकोटालाई नियन्त्रीत औषधीसहित आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

डाक्टरको आधिकारीक सिफारिस बिना खुलेआम दुर्व्यसनमा रहेका विभिन्न युवा जमातलाई फार्मेसी संचालकले आफ्नो व्यवसायिक कार्य विपरित आम मानिसको स्वास्थ्यमा समेत प्रतिकुल असर हुने खालको नियन्त्रीत औषधी कारोवार गरीरहेको छ भन्ने विशेष सूचनाको आधारमा सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त औषधी पसलबाट लागूऔषध सेवन कर्ताहरुले नसालु पदार्थको रुपमा सेवन गर्दै आएको डाक्टरको सिफारिस र बिल भरपाई कागज बेगर बिक्री वितरण गरी रहेको अवस्थामा फेला पारी नियन्त्रीत औषधीलाई थप अनुसन्धानको लागि आज औषधी व्यवस्था विभाग बिजुली बजार काठमाण्डौ पठाईएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment