Comments Add Comment

Advertisment

SKIP THIS

मनसुनजन्य विपद् उद्धारका लागि तयारी हालतमा रहन आईजी अर्यालको निर्देशन

३ जेठ , काठमाडौ ।  सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले मनसुनजन्य विपद्उ द्धारका लागि तयारी हालतमा रहन निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको सोमबार निरीक्षणका क्रममा महानिरीक्षक अर्यालले सवै युनिटहरुलाई यस प्रकारको तयारी गर्न निर्देशन दिएका हुन् ।

मनसुनको बारेमा पूर्व जानकार रहन र हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्नको लागि तत्काल तयारी गर्न जरुरी रहेको बताउनुहुँदै उनले जति धेरै पूर्व तयारी गर्न सक्यौ त्यति नै मनसुनजन्य प्रकोपबाट मानवीय तथा भौतिक क्षति कम गर्न र पीडितको उद्धार सारथी बन्न सकिने बताए ।

मुलुकमा आईपर्ने विषम परिस्थितिमा जुनसुकै समयमा जस्तोसुकै अवस्था र जहाँ पनि परिचालित हुन पूर्व तयारीका साथसाथै शारीरिक र मानसिक रुपमा समेत तयार रहन महानिरीक्षक अर्यालले निर्देशन दिए ।

विपद् उद्धारको लागि दक्ष जनशक्ति उत्पादन र आउनसक्ने प्राकृतिक जोखिमलाई समेत उत्तिनै ध्यान दिएर भूगोल र प्रकोप अनुसार कुनै पनि समयमा जस्तो सुकै परिस्थितिमा परिचालन हुनसक्ने ढंगले लाग्नसमेत शिक्षालयलाई उनले निर्देशन दिए ।

उनले शिक्षालयमा हाल संचालन भइरहेका विपद् उद्धार, गोताखोरलगायतका तालिमलाई हुनसक्ने जोखिमको पूर्वानुमान गरेर सोही अनुसार परिमार्जन गर्दै लगिनेसमेत बताए ।

यस प्रकारको तयारीको लागि विशेष गरी पूर्व अभ्यास महत्वपूर्ण हुने भएकोले हाल सशस्त्र प्रहरी बलका देशभरिका युनिटहरुले सरोकारवाला अन्य निकायहरुको समेत सहकार्यमा तिब्रता दिएका छन् ।आगलागी, बाढीपहिरो, दुर्घटना आदीमा गरिने उद्धारलाई यस्ता अभ्यासमा समावेश गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment