Comments Add Comment

Advertisment

SKIP THIS

गण्डकी प्रदेशको शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धी गोष्ठी सम्पन्न

पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङको प्रमूख आतिथ्यता र नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकी प्रदेश पोखरा, गण्डकी प्रदेश प्रहरी गण पोखरा, विशेष सुरक्षा प्रहरी गण तनहु, प्रदेश मातहतका सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरु र विपद् व्यबस्थापन गुल्म बाग्लुङका प्रहरी प्रमुखहरुको उपस्थितीमा गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण र व्यवस्थापन सम्बन्धमा १ दिवसीय गोष्ठी सम्पन्न भएको छ ।

गण्डकी प्रदेश अन्तर्गतको शान्ति सु-व्यवस्था, अपराध नियन्त्रण तथा अनुसन्धान साथै प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त एवं समय सान्दर्भिक बनाउने उद्देश्यले उक्त गोष्ठी तथा निर्देशन सम्बोधन कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रहरी कार्यलयका प्रमुखहरुले आ-आफ्नो जिल्ला तथा कार्यालयमा भईरहको प्रहरी गतिविधि, स्रोत साधन व्यवस्थापन र जिल्लागत शान्ति सुरक्षा,अपराध अनुसन्धान तथा नियन्त्रण र व्यवस्थापन सम्बन्धमा प्रस्तुतिकरण गर्नुभएको उक्त कार्यक्रममा प्रहरीले सम्पादन गरीरहेको बिषय तथा गण्डकी प्रदेश प्रहरी कार्यालयले सुरु गरेको ग्रामीण गस्ती, लघू सचेतनामुलक कार्यक्रम, अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन आदि कार्यमा रहेका प्रहरीका कमजोरी र सुधारका पक्षमा अन्तरक्रिया गरिएको थियो भने सहभागीहरुबाट उठेका गुनासो तथा कौतुहलतालाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले प्रस्ट पार्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुसँग अन्तरक्रिया गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले प्रहरी आम नागरिकको आस्था र विश्वासको केन्द्रविन्दु भएकाले उक्त विश्वासलाई कायम राख्न प्रत्येक प्रहरी कर्मचारीहरुले सेवा प्रवाह गर्दा जनताको सर्वोपरी हितलाई मध्येनजर गर्दै उच्च आचरणयुक्त र प्रहरी व्यवसायिकता झल्किने गरी कार्य सम्पादन गर्नुपर्ने बताउनुभएको छ ।

साथै अन्तरक्रिया कै क्रममा प्रहरी नायव महानिरीक्षक गुरुङले अपराध नियन्त्रण तथा अनुसन्धानमा सूचना संकलनको कार्य गुणस्तरिय तथा भरपर्दो हुनुपर्ने साथै अनुसन्धान समेत तथ्यपरक एवं नतिजामुलक हुनुपर्ने बताउँदै कुनै पनि घटनामा समयमै प्रहरीको उपस्थिती होस् भन्ने आम नागरिकको अपेक्षा सम्बोधनका लागि थप तदारुकताका साथ कार्ययोजना सहित अघि बढ्न निर्देशन गर्नुभयो ।

यसका साथै कार्यक्रमको अन्तिममा सम्पुर्ण प्रहरी कार्यलयले अन्तरक्रियाबाट प्राप्त कमजोरी सुधार गरी नेपाल प्रहरीको निति र योजना अनुरुप कार्यसम्पादन गर्ने प्रतिबद्दता व्यक्त गरी तयार पारिएको प्रतिबद्दता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका सम्पुर्ण शाखाका शाखा प्रमूखहरुको समेत उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै