Comments Add Comment

Advertisment

SKIP THIS

बालेनलाई ‘आदिपुरुष’ निर्माताको पत्र- भावनामा ठेस पुगे माफी चाहन्छौं

४ असार , काठमाडौ । भारतीय चलचित्र ‘आदिपुरुष’ निर्माता कम्पनी सुपर क्यासेट्स इड्रस्ट्रिज लिमिटेडले माफी मागेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र चलचित्र विकास बोर्डलाई सम्बोधन गरेर लेखेको पत्रमा ‘आदिपुरुष’ चलचित्रको डाइलगबाट नेपाली भावनामा ठेस पुर्‍याउने आफ्नो उद्देश्य नभएको भन्दै उसले क्षमायाचना गरेको हो ।

सुपर क्यासेट्सले चलचित्रको संवादमा सीताको जन्मस्थानलाई इंगित गर्न नखोजिएको पनि दाबी गरेको छ । ‘श्री राघवको चरित्र निर्वाह गरेका प्रभासले बोलेको सम्वाद ‘आज मेरे लिए मत लड्ना, उस दिनके लिए लड्ना जब भारतके किसी बेटीपर हाथ डालने से पहले दुराचारी तुम्हारा पौरुष याद करके थर्र उठेगा’ले सीताको माताको जन्मस्थानको प्रतिनिधित्व गर्दैन,’ पत्रमा लेखिएको छ ।

भारतीयले विश्वका सबै महिलाको सम्मान गर्ने विषय आफूहरुका लागि सबैभन्दा महत्त्वपूर्ण भएको पनि पत्रमा बताइएको छ । पत्रमा चलचित्रलाई यसको कलात्मक पक्षबाट हेर्न पनि आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment